'चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 08:51:17 PM मा प्रकाशित

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवले चिनीको मूल्य घटाउने बढाउने कुरा आफ्नो हातमा नरहेको स्पष्ट पारेका छन। शुक्रबार पत्रकार सम्मेलन गरि मन्त्री यादबले चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमामा रहेको जानकारी गराए। 

मन्त्री यादबले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नै चीनी आयातको कोटा निर्धारण गरिएको र प्रधानमन्त्री कै निर्देशन अनुसार चिनीको मूल्य घटाउन सकिने बताए। प्रधानमन्त्रीको ठाडो निर्देशनमा चिनी आयातको कोटा बार्षिक १ लाख मेट्रिकटन कायम गरिएको थियो।    

बिहिबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले चिनीको मूल्य ६३ रुपैंया कायम गर्न निर्देशन दिएको थियो। हाल चिनीको बजार मूल्य ७० रुपैंयाँ तोकिएको छ।

पाकिस्तानबाट भित्रिएको सस्तो चिनी र खुला सिमानाबाट गैरकानुनी ढंगले भित्रिने चिनी आयात रोकी  स्वदेशी चिनी उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै सरकारले चिनी आयातको कोटा निर्धारण गरेको थियो। 

बिजपाटी डटकमसंगको एक अन्तवार्तामा नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले "चिनी आयातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ"भन्ने बिचार व्यक्त गरेका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved