भन्सार विभागका महानिर्देशकलाई नाडाले भन्यो, ‘अत्यावश्यक बस्तुमा शत् प्रतिशत मार्जिनले मारमा परियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 04:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले भन्सार विभागका महानिर्देशकसँग भेट गरेको छ । नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गरेको हो । उक्त भेटघाट तथा छलफलको क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धि नीतिगत सुझावहरु समेत पेश गर्दे विभिन्न समसामयिक विषयमा गरेको हो । 

उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु बारे जानकारी गराए । उनले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेज गरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । 

उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनु पर्ने बताउनु हुँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भईरहेकोले त्यसको समाधानका लागि अनुरोध गरे । 

अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरु बारे बताउँदै एउटै बस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ्ग जस्ता अत्यावश्यकिय बस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरि दिनु हुन अनुरोध गरे । त्यसैगरी उपाध्यक्ष रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि अनुरोध गरेका छन् । 

महासचिव सुरेन्द्र उप्रेतिले २०७३ अषार २६ गते भन्सार विभाग र नाडा विच भएको सहमति स्मरण गराउँदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । महासचिव उप्रेतीले नेपालमा ब्याट्री उत्पादनका संभावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे ।

छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने छ भनि थप गरिनु पर्ने सुझाव दिँदै नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved