लाईफ टाईम व्याट्रि अस्योरेन्स भएको इलेक्ट्रिक स्कुटर नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 07:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब स्कुटर ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ ।

कम्पनीले भनेको छ 'ग्राहक महानुभावहरुले मात्र रु २,९९,९०० मा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०, २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३, ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।'


यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्तालेले भने , “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । हामी विश्वस्त छौं कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।"

नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेकोआईक्यूबको मूल्य रु २,९९,९०० बाट सुरु हुने कम्पनीले जनाएको छ ।

स्कुटरका विशेषता :

Peak Power 4.6 kW, Torque 140 Nm

• Rated power 3.34 kW

• Top Speed – 78 km/h

• Acceleration – 0-40 km/h in 4.2 seconds

• Range on single charge – 100 kms

• Parking Assist – Reverse/Forward

• 7” TFT cluster, with an intuitive 5-way joystick

• Music Player Control

• Night Mode

• Smart Helmet Connectivity

• Incoming call/SMS Alert

• Document Storage on cluster

• Under seat storage – 32 litres

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved