प्रबिशा ट्रेडिङ्गद्वारा एरपोर्ट शोरुममा सुजुकी सेलेरियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 06:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको  अटोमोटिभ डिभिजन, सिजी मोटोकर्पको काठमाडौँको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ्गले एरपोर्ट शोरुममा सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । 

सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कष्ट’का कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि  भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ  । 

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्त भन्छन्, “सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो , न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।’

विशेषता

यसले थ्री डी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ ९३८।०२ सेन्टीमिटर० अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा  जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ।  उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved