आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 05:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्सले २ वटा शाखा उद्घाटन गरेको छ ।

 दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन् ।

शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved