नारायणी अटोले ल्यायो 'सुजुकी नारायणी भेहिकल एक्सचेन्न्ज अफर' जुनसुकै ब्रान्डको गाडी साट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 05:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको बालकुमारी स्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले गाडी एक्सचेन्न्ज अफर संचालन गरेको छ। आज फागुन २७ देखि संचालन भएको एक्सचेन्ज अफर आगामी ७ दिनसम्म चल्ने नारायणी अटोले जनाएको छ। 

नारायणी अटोका सेल्स हेड प्रज्वल घिमिरेकाअनुसार उक्त एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरुसंग नया सुजुकी गाडी साट्न सक्ने छन। 

अफरमा एक्सचेन्न्ज गरि नगद छुट,  एक्सचेन्न्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजारसम्म अतिरिक्त छुट समेत प्राप्त गर्न सक्ने उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

नारायणी अटो बिगत १२ वर्ष देखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरि आइरहेको संस्था हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved