अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 06:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरका १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ । 

आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ लगायतको उपस्तिथीमा काठमाडौंमा संयुक्त रुपमा क्याम्पको उद्घाटन गरिएको छ ।  

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । 

यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved