गाडीको आयात खोलिएपनि व्यवसायीको आन्दोलन जारी, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 12:04:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको मन्त्रिपरिषद बैठकले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि अटोमोबाइल्स व्यवसायीहरुले आफ्नो आन्दोलन जारी राख्ने भएका छन् । 

सरकारले ८ महिना अघि(बैशाख) देखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए । 

‘आयात खुला भएपनि व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन’ नाडाका अध्यक्ष थापाले भने, ‘व्यवसायिक वातावरण निर्माणका लागि दबाब दिन हाम्रो आन्दोलन निरन्तर जारी नै रहनेछ ।’ 

अध्यक्ष थापाले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग यथावत रहेको बताए । 

उनले बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने र लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नुपर्ने आफूहरुको माग रहेकाले यी माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने प्रष्ट पारेका छन् । 

नाडाले यसअघि नै घोषणा गरे अनुसार भोली बिहिबार बिहान ११ बजे माइतीघर मन्डलामा विभिन्न नारा लेखिएका ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved