अटोमोबाइल्स व्यवसायीहरु किन चितवनमा भेला भए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 06:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीहरु चितवनमा भेला भएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका पूर्व अध्यक्षहरु, सात वटै प्रदेश एशोसिएसनका अध्यक्षहरु, पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्य समितिका सदस्यहरुको भेला चितवनमा सुरु भएको हो । 

भेलामा अटो क्षेत्रको वर्तमान अवस्थाका विषयमा २ दिने बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेछ । अटोमोबाइल्स व्यवसायीहरुले भोग्नु परिरहेको समस्या तथा बैंकहरुको उच्च ब्याजदरले परिरहेको असरका विषयमा छलफल सुरु भएको छ । 

चालु पूँजीकर्जा मार्गदर्शनमा लागु गरेको जोखिम भार र एलसी खोल्दा राखिएको अनिवार्य नगद मार्जिनका सम्बन्धमा पनि साझा धारणा बनाउने नाडाको भनाई छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले देशको अर्थतन्त्र र अटोमोबाइल क्षेत्रका विषयमा प्रस्तुति दिनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved