टाटाको मेगा सर्भिस क्याम्प दुई दिन, यस्ता छन् छुट र क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 06:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही  पौष १० गते देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गरेको छ। विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन गर्न लागेको हो।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगंजमा रहेका छन्।

यस क्याम्पमा  टाटाका  ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक  जाँच गरिने छ। यस्तो  जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमशः  १८, १५ र १८  प्रतिशत छुट पाईने कम्पनीले जनाएको छ। लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि  निः शुल्क प्रदान गरिने जनाएको छ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।

हाल नेपालमा टाटाका  पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेको कम्पनीको दाबी छ।  यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved