ट्रलीमा प्रयोग हुने शेर्पा सारथी टीटी टायरको बिक्री-वितरण शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 10:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । 

नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरेका हुन् ।

विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे । 

करिव ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ । 

हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved