आइसरको 'स्कूल बस र सडक सुरक्षा' अभियान सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 11:56:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्र्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित “स्कूल बस र सडक सुरक्षा” सचेतना अभियान सफलतापुर्वक सम्पन्न भएको छ । बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी दिने उद्देश्य कार्यक्रमको आयोजना गरिएको थियो ।

आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणाली लगायत समावेश छन् । सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूल बसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।

  'आफ्ना बच्चा स्कूलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् । सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उतिकै आवश्यक छ । बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भने, 'सन् १९९६ देखि स्कूल बसको सुरुवात गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा (अन्तराष्ट्रिय सुरक्षा मानक बराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ । ४० सुरक्षा विशेषताहरू सहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङ्गको सुनिश्चित गर्दछ । त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टीकोणले अग्रस्थानमा छ ।' 

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसर ले जनचेतनामुलक कार्यक्रम मार्फत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved