फोर्सको 'अरबानीया'को बुकिङ्ग खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 12:51:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले बहुप्रतिच्छित फोर्स कम्पनिको अरबानीया (urbania) भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरणको शुुरु गरेको छ । राजधानीमा मंगलबारबाट शुरु भएको नाडा अटो शो मार्फत कम्पनिले बिक्री वितरणको थालनी गरेको हो ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । 

विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको यस माइक्रोबस १५ र १८  सिट क्षमतामा उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार १५ सिट भ्यानको  मुल्य ८२ लाख ९९ हजार रुपैयाँ पर्छ भने १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा  डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved