नाडा अटो शोः २ दिनमा ६ सय सवारी बुकिङ, इलेक्ट्रिक गाडीमा थेगिनसक्नु भिड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2023 | 10:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’मा अत्याधिक मानिसहरुको चासो देखिएका छन्। मंगलबार र बुधबारसम्ममा मात्रै २० हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् भने ६ सय सवारी साधन बुकिङ भएको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।

सन् २०१९ पछि पहिलोपटक भएको अटो शोले व्यवसायीहरुलाई राहत प्रदान गर्ने अटो शो संयोजक अनुप बराल बताउँछन् । उनका अनुसार दोस्रो दिनसम्म करिब ६ सवारीसाधान बुकिङ भएका छन् । 

इन्धनवाला सवारीमा नयाँ मोडलमा मानिसहरु झुम्मिएका देखिन्छन् भने सबैभन्दा बढी भिड इलेक्ट्रिक सवारीका स्टलहरुमा देखिएको छ । टाटा, बिवाइडी, सेरेस, एमजी–४ र ‌ओरामा मानिसहरुको भिड देखिएको छ । 

मंगलबार ८ हजार बढी र बुधबार ११ हजार बढीले स्टलहरु अवलोकन गरेको र अवलोकन गर्न आउनेमध्ये ७० प्रतिशत मानिसहरु गाडी र बाइक किन्ने योजनामा आएको देखिएको नाडा अध्यक्ष थापा बताउँछन् । 

‘आज सार्वजनिक बिदा भएकाले अवलोकनकर्ताहरु बढ्ने अनुमान गरेका छौँ’ थापाले भने । 

भदौ ३१ गते आइतबारसम्म चल्ने अटो शोमा ४ पाङ्ग्रेका १६ र २ पाङ्ग्रेका २२ वटा स्टल छन् । ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, बैंक तथा वित्तीय संस्थाका ९ रलुब्रिकेन्ट, टायर, ब्याट्री र अन्य पार्टपुर्जाका ३० स्टलहरु छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved