हुन्डाई कोना सफल र सिद्ध विद्युतीय गाडी, चार वर्षमा पनि ९५ प्रतिशत ‘ब्याट्री हेल्थ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 10:48:18 AM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई कोना विद्युतीय गाडीमा चार वर्षको प्रयोगपछि पनि ब्याट्री हेल्थ ९५ प्रतिशत रहेको पाइएको छ । कम्पनीले अघिल्लो वर्षको डिसेम्बर १२ देखि १६ मा ‘बी नेगेटिभ द चेन्ज’ अभियानअन्तर्गत र अक्टोबर ६ देखि ८ सम्म सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निभल’अनुसार यो निष्कर्श निकालिएको हो ।

दुवै अभियानमा हाई भोल्टेज ब्याट्री चेक–अप क्याम्पमा दुई सयभन्दा बढी सवारीधनीको इभी एमए परीक्षण गर्दा चार वर्षसम्म चलाइएको कोनाका ब्याट्रीको शक्ति ९५ प्रतिशतभन्दा बढी पाइएको बताइएको छ ।

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले पृथक् पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आएको कम्पनीको दाबी छ । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म एक हजारभन्दा बढी बिक्री भएको जनाइएको छ ।

२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिसन इम्पोसिबल’ नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भाग हुँदै सात सय किलोमिटरको यात्रामा १७ हजार फिटको उचाइ र माइनस १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधारशिविरसम्म पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । 

यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थितिमा समेत उच्च प्रदर्शन गरेको कम्पनीको भनाइ छ । आकर्षक बनोट, उत्कृष्ट पर्फमेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीका रूपमा स्थापित भएको कम्पनीको जिकिर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved