बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड भ्रमणको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 05:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले दशैं तिहार अफर ल्याएको छ । कम्पनीले इटालीमा बनेको मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ योजना ल्याएको हो । 

अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजना अन्तर्गत प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सकिने छ ।

अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ । जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आइ र ३०२एस मोडलमा १ लाख रुपैयाँसम्मको स्क््रयाच कुपन र १८०एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउन सकिने छ ।

नेपालमा बेनेली मोटरसाइकल हाल निम्न मोडलहरु उपलब्ध छन्ः

टिएनटि–१५ बेनेलीको सबैभन्दा किफायती र भरपर्दो मोटरसाइकल हो । टिएनटि–१५आई —जसमा ट्रेलिस फ्रेम, अपसाइड डाउन फोर्क्स र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्शन) सुविधा प्राप्त छ । टिआरके–२५१ – यो मोटरसाइकल साहसिक र एडभेन्चर कार्यको लागि राइडरको चाहना अनुसारले डिजाइन छ ।

३०२एस – जसमा समान दुइवटा इन्जिनले युक्त छ । टिएनटी–६००आइ – जसले इनलाइन सुविधा सहित चार सिलिन्डरको इन्जिनले युक्त छ । साथै ७५२एस मोडल – जसले नेपालका सडकहरूमा कुदाउन सक्ने भन्दा बढी शक्ति र थप उर्जा समेत प्रदान गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved