आइशरद्वारा ४ दिने सर्भिस क्याम्पको घोषणा, मर्मतमा २५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 01:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।

यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, बिरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्ने  बताइन्छ । 

यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने र जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १० प्रतिशत, लुब्रिकेंट्समा १५ प्रतिशत, विशेष मर्मतमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्ने जनाइएको छ ।

बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved