नाडामा पदाधिकारी चयन, आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, महासचिवमा सुरेन्द्र उप्रेती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 05:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा पदाधिकारी चयन भएको छ । शुक्रबार भएको साधारणसभाबाट करण चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएपछि आज आइतबार बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो। 

वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । ४७औँ साधारणसभाबाट विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद राखेको नाडाले वरिष्ठ अध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान पनि गरेको छ । यस आधारमा चौधरीको कार्यकाल सकिएपछि गोल्छा अध्यक्ष बन्नेछन् ।

उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ चयन भएका छन् ।

महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिएका छन् ।

सचिवमा विक्रम सिंघानिया निर्वाचित भएका छन् । सबै पदमा सर्वसम्मत भए पनि सचिवमा भने चुनाव भएको हो । चुनाव हुँदा सिंघानियाले बीवाईडीकी यमुना श्रेष्ठलाई हराएका छन् । सिंघानियाले १५ मत पाउँदा यमुना श्रेष्ठले १४ मत पाइन् ।

सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन् ।

सदस्यहरुमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की र प्रकाश कपुरी साधारणसभाबाटै सदस्यमा निर्विरोध चयन भइसकेका छन् । आजको कार्यसमिति बैठकले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई पनि सदस्यमा मनोनित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved