टिभिएसको नयाँ योजना, ३९९९ बाट ईएमआई सुविधा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 08:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्ने कम्पनीलेजनाएको छ ।

कम्पनीका अनुसार कम ईएमआइ सुविधा रु. ३९९९ बाट सुरु हुने छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने छ । 

यस योजनासंगै कम्पनीले मात्र रु. ३९९९ बाट सुरु हुने  सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपालभर लागु हुने गरि ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved