बिवाईडिको बहुअपेक्षित 'सिल' नेपाली बजारमा, विद्युतीय सवारीमा क्रान्ति ल्याउने कम्पनीको दाबि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2024 | 09:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बिवाईडिको आधिकारिक बिक्रेता सिमेक्सले बिवाईडि सिल ब्राण्डको गाडी नेपाल भित्र्याएको छ। विश्व बजारमा जस्तै नेपाली बजारको विद्युतीय साधनमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। बिवाईडि सिल उच्च प्रविधि सुविधाहरुको संगै एथलेटिकिज्म लुक पनि भएको कम्पनीको दाबि छ। कम्पनीकाअनुसार  २१९ सिडी ड्रयाग कोएफ़िसिएन्ट र ४०२ लिटरको बुट स्पेस तथा सामानहरु भण्डारण गर्न कारको अगाडी छेउमा भएको ५३ लिटर फ्रन्क यस कारको मुख्य आकर्षण हुन्। 

बिवाईडि सिलमा दुई प्रकारको ब्याट्री प्याकहरु ६१४४ किलोवाटआवर र ८२५६ किलोवाटआवर मा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले उच्च पावर चाजिंग क्षमता सहित ५७० किलोमिटरको रेञ्ज दिने र ३० मिनेटमा नै ३० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ। 

कम्पनीकाअनुसार बिवाईडि सिलमा भित्रि बनावट पनि  आरामदायक र शानदार रहेको छ। अगाडीका सिटहरुमा तताउने फंसन रहेका छन् र पछाडिका सिटहरु आरामका लागि साबधानीपुर्वक डिजाइन गरिएका कोणहरु रहेका छन्। बिवाईडि सिलमा ओभरसाइज पानोरमिक सनरुप छन्। 

बिवाईडि सिल डाइनामिक, प्रिमियम र पर्फर्मेन्स गरि तीनवटा फरक ट्रिममा उपलब्ध छ। डाइनामिक ट्रिममा ६१४४  किलोवाटआवरको ब्याट्री रहेको छ। यसको रेञ्ज ४६० किलोमिटर भनिएको छ भने यसको मुल्य नेपाली बजारमा १ करोड ५ लाख तय गरिएको छ। 

त्यस्तै प्रिमियम ट्रिममा ८२५६ किलोवाटआवरको ब्याट्री रहेको छ। यसको रेञ्ज ५७०  किलोमिटर भनिएको छ भने यसको मुल्य नेपाली बजारमा १ करोड ३९  लाख तय गरिएको छ। त्यस्तै पर्फर्मेन्स ट्रिममा ८२५६  किलोवाटआवरको ब्याट्री रहेको छ। यसको रेञ्ज ५२० किलोमिटर भनिएको छ भने यसको मुल्य नेपाली बजारमा १ करोड ८५ लाख तय गरिएको छ।  

बिवाईडि सिल आर्कटिक, अरोरा सेतो, कज्मोस कालो र एटिलान्टिस ग्रे गरि चार रंगहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ। नेपाल बिवाईडिका १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्ज पोइन्टहरु रहेका छन।  तिनवटै क्षेत्रमा पूर्वाधार संजाल विस्तार भईरहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved