नक्सालदेखि सुकुटेसम्म एओजी नाइट राइड सम्पन्‍न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 06:35:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेलद्वारा गरिएको थियो ।

कम्पनीका अनुसार २५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो । 

ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमारले भने , “यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।“

कम्पनीका अनुसार कार्यक्रमको दोस्रो दिन हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठद्वारा (होस्ट÷अभिनेता÷भिजे) विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved