नागपोखरीमा 'लुयान' को शोरुम, हरेक स्कुटी खरिदमा १५ हजार छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 04:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि 'लुयान' का विद्युतीय स्कुटरहरुको आधिकारिक बिक्रेता 'जिरो इमिसन राइड (एन)' ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। ग्राहकको सुविधा तथा व्यवसाय विस्तारको क्रममा आजदेखि काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नागपोखरीबाट उत्तरढोका जाने सडकमा शोरुम रहेको छ । यस शोरुमबाट ‘लुयान' ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रि तथा बिक्रिपछिको सेवा उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ ।

  व्यवसायको चौथो बर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले 'लुयान, पाँचौ बर्ष बिशेष बहार' स्किम लागु गरेका जनाएको छ। २०८० माघ १७ गते देखि २०८० फाल्गुन ३० गतेसम्म लागु हुने यस स्किम अन्तरगत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा रु.१५,००० नगद छुट, एक बर्षको विमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा गुणस्तरीय हेलमेट फ्रिमा पाउने कम्पनीले जनाएको छ। साथै नियमित जसो ४ पटकसम्मको फ्रि सर्भिस तथा वारेन्टी समेत पाउने कम्पनीले उल्लेख गरेको छ।

यो स्किम  मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved