उलिङ्ग मोटर्सको विद्युतीय भ्यान नेपाल आउँदै, एक पटक चार्ज गर्दा ३०० किमी गुड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 03:08:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शशिला मोटर्स् प्रालिले  इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रुपमा कार्य गर्नको लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्गका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार  शशिला मोटर्स् प्रा.लि.  उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक वितरकको रुपमा रहनेछ ।उलिङ्ग मोटर्स चिनियाँ ब्रान्ड हो । 

कम्पनीले  नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार  उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि उत्कृष्ट हुनेछ ।  नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा  उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ।  

यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार भ्यानमा नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी हुनेछ। साथै सो भ्यान  सिङ्गल चार्जमा ३०० किमि गुड्ने र ४१.८७ किवा आवर ब्याट्री रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved