नेपालको व्यापारमा सबभन्दा धेरै नाफा हुने क्षेत्रमा अटोमोबाइल पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2024 | 11:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सबैभन्दा धेरै नाफा हुने क्षेत्र अटोमोबाइल भएको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको दोस्रो ब्यापार सर्वेक्षणले धेरै नाफा हुने क्षेत्रमा सवारीसाधन बिक्री तथा मर्मतसम्भार रहेको जनाएको हो। 

शुक्रबार सार्वजनिक गरिएको दोस्रो ब्यापार सर्वेक्षणअनुसार सवारी साधन बिक्री तथा मर्मतसम्भारमा कुल २४.२ प्रतिशतको नाफा देखिएको छ। सर्वेक्षणमा होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन व्यापारबारे अध्ययन गरिएको थियो।

होलसेल व्यापारमा १३.१ प्रतिशतको व्यापार नाफा देखिएको छ भने खुद्रा व्यापारमा १८.२८ प्रतिशतको नाफा देखिएको हो। औसत व्यापार मार्जिन भने १८.५३ प्रतिशत रहेको व्यापार सर्वेक्षणले देखाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved