सत्ता गठबन्धनका नेताहरु लाइन लागेर किन पुगे निजगढ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2022 | 02:36:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल निगजढ पुगेका हुन् ।

शीर्ष नेताहरुको साथमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि निरीक्षणमा गएका छन् ।

नेपाली सेनाको हेलिकप्टर मार्फत निजगढ पुगेको टोली काठमाडौँ–मधेश फास्ट ट्रयाकको जिरो किलोमा ओर्लिएको थियो । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरे ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि गठबन्धनका शीर्ष नेताहरु निरीक्षणमा निस्किएका हुन् । उनीहरुले निजगढमै विमानस्थल बनाउने दोहोर्याएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved