१ अर्ब घाटा बढाएर ‘नाफा बढेको’ झुटो समाचार लेखाउँदै नेपाल एयरलाइन्सका अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 06:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७७­/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा नेपाल एयरलाइन्सको घाटा चुलिएको छ । तर, निगमका अध्यक्ष युवराज अधिकारी भने बुधबारदेखि आम्दानी बढेको झुटो प्रचार गराउन ब्यस्त छन् । 

अध्यक्ष अधिकारीले नेतृत्व लिएपछि निगमको घाटा बढेको छ । तर, उनले नाफा बढेको समाचार लेखाईरहेका छन् । 

आर्थिक वर्ष २०७७­/०७८ मा ३ अर्ब ६६ करोड ३० लाख ३९ हजार ५४४ रुपैयाँ रहेको निगमको घाटा आर्थिक वर्ष २०७८/०७९ मा बढेर ४ अर्ब ७९ करोड ३ लाख १४ हजार ३ सय रुपैयाँ पुगेको छ । एक वर्षमै निगमको घाटा १ अर्ब १३ करोडले बढेको छ । 

अनावश्यक खर्च गरेर घाटा बढाएका अध्यक्ष अधिकारी नाफा बढेको भन्दै प्रचारमा लागेको देखेपछि निगमका कर्मचारी छक्क परेका छन् । अधिकारीले आफू अध्यक्ष भएपछि करारमा मात्रै १ सय बढी कर्मचारी भर्ती गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved