मुम्बई उड्न लागेको जहाजबाट २ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 03:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मुम्बई उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकास्पद २ व्यक्तिलाई पक्राउ गरिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति मुम्बई तयारीमा थिए । ती व्यक्ति आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीमार्फत पाएपछि प्रहरी मुख्यालयले सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो । पक्राउ परेका व्यक्तिसँग एक महिला पनि साथमा रहेको र उनीहरुले आफूहरु श्रीमान श्रीमति भएको बताएका छन् ।

बुधबार दिउँसो १ः१० बजे काठमाडौँबाट मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए–३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि जाँच गरेर अहिले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अरु यात्रुलाई पुनः बोर्डिङ पास गराउने काम भईरहेको विमानस्थल स्रोतले बताएको छ ।

जहाजमा १४१ जना यात्रु थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved