काठमाडौँ विमानस्थलमा चार्टर्ड उडान गर्न प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 07:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अब काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने र अब हुने सम्पूर्ण चार्टर्ड उडान भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र गर्नु पर्ने निर्णय गरेको हो।

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको हो । 

भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च पनि नउठ्ने भएपछि प्राधिकरणले विमान कम्पनीहरुलाई भैरहवा जान बाध्य पार्न थालेको हो ।

काठमाडौँ विमानस्थलबाट ३ भन्दा बढी उडान गर्ने कम्पनीलाई प्राधिकरणले एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । तर भैरहवाबाट उडान गर्न थप समय माग्दा माग्दै प्राधिकरणले  अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान समेत कटौती गरिदिएको छ । 

एयरलायन्सको उडान कटौती हुँदा ६ महिनादेखि अगाडीदेखि टिकट काटेका यात्रु अलपत्र परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved