वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 07:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा ६ घण्टा अवरुद्द हुने भएको छ। वैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थलमा विमान उडान तथा अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ  ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपीएस जडान कार्य रहेको र सो क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले विमानस्थलबाट उडान अवतरण बन्द गर्न लागिएको हो । 

विमानस्थल कार्यालयका अनुसार उल्लेखित समयमा विमानस्थलमा आन्तरिक र अन्तराष्ट्रिय वायुयान उडान अवतरण बन्द रहने छन् । उक्त समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित विमान कम्पनीसँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन विमानस्थल कार्यालयले अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved