भोलिदेखि नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 04:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ । मंगलबार बिहान ७:४०  बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्न लागेको हो ।

भैरहवामा ल्याण्ड भएपछि सो विमान काठमाडौँ आउने छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो जहाजबाट भैरहवा आउने यात्रुहरुलाई स्वागत गर्न आफु स्वयं भैरहवा जाने बताएका छन् ।

निगमका अनुसार पहिलो चरणमा यो रुटमा साताको एक उडान हुनेछ। निगमले यस अघि नै  काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका लागि टिकट बुकिङ खुला गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved