असार ६ गते पोखरा एयरपोर्टमा पहिलो अन्तराष्ट्रिय उडान हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 03:40:54 PM मा प्रकाशित

laxmi  sunrise bank

असार ६ गते पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडान हुने भएको छ । चीनबाट चिनियाँ पर्यटक बोकेको जहाज चार्टड उडानमार्फत सिँधै पोखरा आउन लागेको हो ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाजलाई जुन २१ (असार ६ गते) मा छेन्दुबाट सिँधै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आउनका लागि उडान अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

चीनको छेन्दुबाट ९ घण्टा हाराहारिको उडानमा पोखरा विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

सिचुवान एयरलाइन्स र नेपाल पक्षबीच नियमित उडान गर्नेबारे छलफल पनि भइरहेको छ । अहिले तत्कालका लागि चार्टड उडान गर्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved