मन्त्रीले फेसबुकमै स्पष्टिकरण पत्र हालेपछि जवाफ दिईरहनु परेन : क्यान महानिर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 12:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले थप स्पष्टिकरण दिरहनु नपर्ने बताएका छन्।  मन्त्रीले स्पष्टिकरणपत्र सामाजिक संजालमा नै सार्वजनिक गरेकाले थप स्पष्टिकरण दिरहनु नपर्ने उनले बताएका हुन्। 

आरोप सहितको स्पष्टिकरणपत्र सामाजिक संजाल फेसबुकमा नै सार्वजनिक भईसकेकाले आफुलाई सोधिएका प्रश्नको जवाफ दिइरहनु नपर्ने बताउदै आफुलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिने उनले बिजपाटीलाई बताए। 

" मन्त्रीज्यूले स्पष्टिकरण पत्र फेसबुकमा हालिसक्नु भएको छ, अब स्पष्टीकरण दिईरहनु पर्छ जस्तो लाग्दैन" उनले भने। मन्त्रीको निर्देशनका भरमा सिम्रिक एयरलाई हेलिप्याडको अनुमती दिन नसकिने महानिर्देशक अधिकारीले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज आफ्नो फेसबुक स्ट्याटस मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीलाई नौं बुंदे स्पष्टिकरण सोधिएको भन्दै स्पष्टिकरण पत्र सार्वजनिक गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved