तीन तारे होटल किनेर पूर्वमन्त्री सिनेट श्रेष्ठले पैसा नतिरेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 12:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायी कृष्णबहादुर महरासँग होटल किनेर पैसा नतिरेका पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले जिल्ला प्रहरी कार्यालय कैलालीलाई श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो । पुर्जी जारी भएको लामो समय हुँदा पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

२०७६ साल फागुन १ गते होटल व्यवसायी कृष्णबहादुर महराले आफूले धनगढीमा चलाइरहेको तीन तारेह होटल ‘डिभोटी’ सिनेट श्रेष्ठलाई बिक्री गरेका थिए । २० करोड नगद र २० प्रतिशत सेयर रहने गरी महराले श्रेष्ठलाई होटल बिक्री गरे । श्रेष्ठले नगदमध्ये ३ करोड २६ लाखको चेक लिए । 

तर, चेक कहिल्यै साटिएन । पटक पटक भेट्दा श्रेष्ठले महरालाई पूरानो चेक च्यात्दै नयाँ चेक दिने काम गरिरहे । यसपछि आजित भएर महराले ३ करोड २६ लाख रुपैयाँको चेक बाउन्स मुद्दा हाले । महराले २०७९ चैत ५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए ।

त्यही दिन उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न पक्राउको अनुमति दियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला प्रहरी परिसर राध अनुन्धान शाखा काठमाडौँलाई पत्र पठाएर निज श्रेष्ठलाई पक्राउ गरी कैलाली पठाइदिन अनुरोध गर्यो । तर, हालसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

‘ज्ञानेन्द्रको पालामा शिक्षा राज्यमन्त्रीसमेत भएको मान्छे, त्यसमाथि काठमाडौँको रैथाने व्यवसायिक घराना पनि हो, तर मलाई नराम्रोसँग फसाए’ महरा भन्छन्, ‘महेन्द्रा गाडीको नेपालकै डिस्ट्रीव्युटर क्याबिनेट श्रेष्ठ उसको भाई हो, क्याबिनेट श्रेष्ठ नेपालकै टप टेन करदातामा पर्छन्, तर उनकै दाजु यस्तो रहेछन्, मलाई फसाए ।’

महराले यो बीचमा सिनेट श्रेष्ठसँग पटकपटक भेट गरेका छन् । तर, श्रेष्ठले हरेक भेटमा पूरानो चेक च्यात्दै नयाँ मितिको चेक दिने गरेका छन् । ‘मैले पनि मान्छे चिन्न सकिन, सानिमा बैंकमा आफ्नो ऋण थियो, त्यही तिर्न भनेर चलिरहेको होटल बेचेँ, पैसा नउठेपछि अहिले भएको आफ्नो जग्गा बेचेर ऋणको किस्ता हाल्दैछु, म नराम्रोसँग फसेँ’ लामो सुस्केरा हाल्दै महराले दुःखेसो पोखे ।

उनले ‘ब्याक डेट’को चेकका आधारमा होटल पास गरेर दिएका थिए । तर, ४ वर्षसम्म पैसा नउठेपछि कानूनी उपचारमा गएका छन् । प्रशासनले अदालतको अनुमति पाएर पनि श्रेष्ठलाई पक्राउ गर्न सकेको छैन ।

‘प्रतिष्ठित व्यवसायिक परिवार भनेर विश्वास गरेर व्याक डेटको चेकका आधारमा मैले होटल पास गरिदिएँ, पैसा तिर्दैनन् की भन्ने अलिकति पनि सोचिनँ, तर ४ वर्षसम्म पनि ३ करोड २६ लाख रुपैयाँको चेक साटिएन, मेरो ऋणको ब्याज बढेको बढ्यै छ, तर ऋणमुक्त हुन होटल बेचेको, झन पो ऋणमा डुबियो’ महरा आफ्नो विलौना सुनाउँछन् ।

त्यसो त, गत माघमा मात्रै पनि दुई  पक्षबीच भेट भएको देखिन्छ । माघमा क्याबिनेटले सिदार्थ बैंकको चेक दिएका छन् । तर, त्यसपछि भने उनी सम्पर्कमा नआएको महराको भनाइ छ ।

‘मैले चेक वाउन्स गरेपछि पैसा तिरिसकेँ भन्दै हिडेका छन् भन्ने सुन्छु’ महराले थपे, ‘४ वर्ष भयो पैसा नपाएको, उस्तै भए यत्रो समय पर्खेर बस्दैनथेँ, मैले उनीहरुको प्रतिष्ठा हेरेर बसेँ, तर म आफैँ अन्यायमा परेँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved