पाकिस्तानसँगको सिधा हवाई सम्पर्क फेरि जोड्न परिसंघको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2023 | 10:07:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ । राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए। 

उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए। उनले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरे। त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरे।

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताए। पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाए। 

छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा तथा महानिर्देशक दिपकराज जोशीलगायत सहभागी थिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved