नेपाललाई युरोपका देशसँग जोड्दै हिमालय जेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 06:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको विदेशी मुद्राको स्थिर आधार पर्यटन हो भन्नेमा दुइमत छैन । तर, नेपालले हालसम्म आफ्नो पर्यटकीय सम्भावनाको उपभोग नै गर्न सकेको छैन । अथाहा सम्भावना हुँदाहुँदै पनि कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान जम्माजम्मी ४ प्रतिशत मात्रै छ । 

नेपालले खर्चालु युरोपियन पर्यटकहरु भित्र्याउन सकेको छैन । नेपाली आकाश असुरक्षित भन्दै युरोपियन युनियनले कालोसूचीमा राख्नुले पनि सो क्षेत्रमा नेपालबाट सिधा हवाई सम्पर्क छैन । जसका कारण लामो ट्राञ्जिट पर्ने भएकाले युरोपका मानिसहरु नेपाल घुम्न चाहेर पनि आउन सकिरहेका छैनन् ।

यही बीचमा अब हिमालय जेटले बेलायतबाट सिधा काठमाडौँमा उडान गर्ने भएपछि युरोपका देशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । उसले दशैँलाई लक्षित गरेर उडान गर्न लागेको हिमालयन जेटले जनाएको छ । 

‘कन्ट्री अफ हिमालय’ (हिमालहरुको देश) भनेर चिनिने नेपालका लागि बेलायतबाट सिधा हवाई सम्पर्क हुनुले नेपालको पर्यटनमा दर्बिलो इँटा थप्ने आशा गर्न सकिने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । हिमालय जेटले बेलायतबाट नेपाल, फ्रान्सबाट नेपाल र अष्ट्रेलियाबाट सिधा काठमाडौँमा उडान गर्ने रुट नै बनाएको छ । 

सन् २०१८ मा बेलायतबाट ६३ हजार पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा यो संख्या घटेर ६१ हजारमा झर्यो । त्यसपछि कोरोना महामारीका कारण पर्यटन उद्योग ठप्प भयो । अब हिमालय जेटले युरोपियन युनियनमा आवद्ध देशका ४४८ मिलियन जनसंख्या रहेकोमा उनीहरु वर्षमा एक पटक कतै न कतै घुमफिरमा निस्कने भएकाले लण्डन–काठमाडौँ–लण्डन र पेरिस–काठमाडौँ–पेरिस उडानमार्फत वर्षमा कम्तिमा १ मिलियन नागरिकलाई नेपाल भ्रमणमा ल्याउने लक्ष्य लिएको छ । 

बेलायतमा हाल नेपाली मात्रै २ लाख बढी छन् । हरेक वर्ष करिब ३० हजारले बेलायतको भिसा लिँदै आएका छन् । त्यस्तै, अष्ट्रेलियामा हरेक वर्ष ३० हजार नेपाली विद्यार्थी जान्छन् । उनीहरुका १८ हजार अभिभावक हरेक वर्ष पहिलो पटक अष्ट्रेलिया पुग्छन् । तर, नेपाल आउने अष्ट्रेलियाली पर्यटकको संख्या भने वार्षिक औसत ३८ हजार छ । 

फ्रान्स ईयूको सदस्य राष्ट्र हो । त्यहाँ १ लाख बढी नेपालीहरु बसोबास गर्दै आएका छन् । फ्रान्सबाट वर्षेनी ३० हजार नेपाली पर्यटक नेपाल आउँछन् । फ्रान्ससहित युरोपका देशबाट ९० हजार पर्यटक नेपाल आउने गरेका छन् । अब यो समग्र संख्या बढाएर वार्षिक १० लाख पुर्याउने लक्ष्यमा हिमालय जेटका मालिक दीपेन्द्र गुरुङ देखिएका छन् । 

अन्तर्राष्ट्रिय जगतमा व्यवसायिक गतिविधिमार्फत परिचित गुरुङले नेपालको पर्यटकीय सम्भावनालाई बेलायत र युरोपका देशहरुमा प्रचार गरिरहेका छन् । नेपालको पर्यटनलाई नै बढावा दिन उनले नेपालसहित एकै पटक ३२ देशका गन्तव्यमा १८ वाइडबडी जहाजमार्फत उडान गर्दैछन् ।

हिमालय जेटले ‘होलिडे इन हिमालय’ भनेर १२ दिनको प्याकेज पनि सार्वजनिक गर्दैछ । हेलिकप्टरमार्फत माउण्टेन फ्लाइट, सगरमाथा आधार शिविरसम्मको ट्रेक, ‘फ्लाइ इन’ र ‘फ्लाइ ब्याक’ प्याकेजको २२ सय अमेरिकी डलर तोकिएको छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले उडान गर्ने सबै गन्तव्य मुलुकमा ‘इको–टुरिजम’, ‘प्लान्टेशन’ र स्थिरताका लागि काम गर्ने गरी हिमालय जेटले योजना बनाएको बताइएको छ । 

नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङको त्यहाँको सरकार र युरोपियन देशहरुका सरकार प्रमुखसँग सुमधुर सम्बन्ध रहेकाले पनि बेलायतबाट नेपालमा सिधा हवाई उडान सुरु भएपछि नेपालको नागरिक उड्डयन क्षेत्र युरोपियन युनियनको कालोसूचीबाट हट्न मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved