कुमारी बैंकले अत्याधुनिक बैंकिङका लागि ‘फिनाकल–१०’ प्रयोग गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2017 | 05:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिने उदेश्यका साथ नयाँ कोर बैंकिङ सफ्टवेयर ‘फिनाकल–१०’ खरिद गर्नका लागि इन्फोसिस लिमिटेडसँग सम्झौता गरेको छ। 

सम्झौतामा बैंकका सिइओ सुरेन्द्र भण्डारी तथा इन्फोसिसका डाइरेक्टर अंकुर सक्सेनाले सम्झौता पत्रमा हस्ताक्षर गरे। इन्फोसेस मल्टिनेशनल सफ्टवेयर कम्पनी हो। 

फिनाकल संसारभरि चलेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर भएको जनाउँदै बैंकका सीईओ सुरेन्द्र भण्डारीले फिनाकल सिस्टमबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

फिनाकल सफ्टवेयर विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको र नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेयरको प्रयोग सन् १९९६ देखि हुँदै आएको बैंकले जनाएको छ। हाल नेपालमा ११ वटा बैंकले यो सफ्टवेयरको प्रयोग गरेका छन्।हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टरहरुवाट सेवा प्रदान गरिरहेको छ। यसका अतिरिक्त बैंकका एटिएम संख्या ५७ पुगेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved