ज्योति विकास बैंकको जहरसिंपौवामा विस्तारित काउन्टर सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 09:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको सुरु गरेको छ। बैंकको संजाल थप सुदृढ गर्ने क्रममा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो। 

काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं०३ का वडा अध्यक्ष श्री सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved