फाइनान्सले पनि दिए ब्याज कार्टेलिङलाई निरन्तरता, पहिलोपटक ब्याजमा बेञ्चमार्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 05:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइनान्सहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बित्त संघको आजको बैठकले साउनदेखि लागूहुने गरि ब्याजको दर घटाउने निर्णय गरेका छन्। 

नेपाल बित्त संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधारका अनुसार फाइनान्स कम्पनीहरुले साउनदेखि लागू  हुनेगरी फाइनान्सहरुले ब्याजदर घटाउने निर्णय गरेको हो। 

उनकाअनुसार फाइनान्सहरुको मुद्दती निक्षेपको ब्याजदर ११.०१ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत कायम गरिएको छ। यद्दपि बचतको ब्याजमा आफूखुसी ब्याजदर निर्धारण गर्न पाइने भएपनि मुद्दती निक्षेपमा बेञ्चमार्क तय गरिएको छ।  वार्षिक १०.६ प्रतिशतमा राष्ट्रिय स्तरका फाइनान्सले १० पैसाले घटबढ गर्न पाउनेछन भने क्षेत्रीय फाइनान्स कम्पनीहरुले २५ पैसाले घटबढ गर्न पाउनेछ्न।

ब्याजदरलाई खुलाबजारलाई छाड्नुपर्ने चर्को दबाब भएपछि कमर्शियल बैंकहरुले ब्याजको दरलाई स्वतन्त्र छाड्ने निर्णय गरिसकेका छन्।  तर विकास बैंक र फाइनान्सहरुले अझैं पनि ब्याजको दरमा हस्तक्षेप कायम गर्ने निर्णय गरेका हुन्। 

साउन १ देखि लागहुने गरि राष्ट्रिय स्तरका विकास बैंकले निक्षेपको ब्याजदर १०.१ प्रतिशत कायम गर्ने सहमति गरेका छन्। यस अघि निक्षेपको ब्याजदर १०.६ प्रतिशत ब्याजदर रहेकोमा साउन १ गतेदेखि सो ब्याजदर घटाएर १०.१ प्रतिशत कायम गर्ने सहमति भएको हो । क्षेत्रिय स्तरका विकास बैंकले भने निक्षेपको ब्याज १०.३५ प्रतिशतसम्म कायम गर्न सक्ने छन् । 

कमर्शियल बैंकमा हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved