समिटको साथले थप ठुलो बन्यो नेशनल लघुवित्त, सबै तहमा सेवा पुर्याउने सीइओ यादवको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 05:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

समिट लघुवित्त वित्तीय सँस्थालाई प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्स थप ठुलो बनेको छ। आज होटल हिमालयमा एक कार्यक्रमको आयोजना गरेर नेशनल लघुवित्तको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेसंगै नेशनल लघुवित्त थप ठुलो बनेको थियो। 

नेपाल राष्ट्र बैंकका बैंक वित्तीय सँस्था नियमन बिभागका कार्यकारी निर्देशक ड़ा गुणाकर भट्टबाट उद्घाटन भएको नेशनल लघुवित्त वित्तीय संस्था मर्जर पश्चात थप ठुलो र बलियो बनेको हो।  यससँगै मर्जर पश्चात बनेको नेशनल लघुवित्तको देशका ७४ जिल्लामा पुगेको छ। यद्दपि देशका ७४ जिल्लामा नभई ७५३ वटै स्थानीय तहमा पुर्याउने लक्ष्यका साथ आफुहरु अगाडी बढिरहेको नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले उद्घाटन सत्रमा बताए।  

नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक ड़ा प्रकाश श्रेष्ठ, बिभिन्न लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा संचालक र लघुवित्त कर्मीहरु उपस्थित उद्घाटन सत्रमा बोल्दै सीईओ यादवले एक वर्षभित्र थप अर्को लघुवित्तलाई प्राप्त गर्दै देशका सबै तहमा नेशनल लघुवित्तलाई पुर्याउने  बताए। अहिलेको चुनौतीको सामना गर्दै अगाडी बढ्नुपर्ने अवस्थालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको समेत उनले बताए। 

त्यस्तै मर्जर पश्चात नेशनल लघुवित्तको चुक्ता पुजी १ अर्ब ८ करोड भन्दा बढी हुने छ भने पूजीकोष २ अर्ब ३२ करोड, कर्मचारी संख्या ८४०,  शाखा संख्या २०० पुग्नेछ।  कर्जा १७ अर्ब पुगेको छ भने बचत ५ अर्ब पुगेको छ। समिटको ६ अर्ब कर्जा र  डेढ अर्ब बचत थपिएपछि नेशनल यो अवस्थामा पुगेको हो। त्यस्तै समिटको ग्राहक संख्या थपिएपछि नेशनलको एक लाख ५१ हजारको ग्राहक संख्या बढेर २ लाख १८ हजार पुगेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved