खेलकुद क्षेत्रको विकाशमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन भूमिका निर्वाह गरेकोमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सम्मानित भएको छ । आज राष्ट्रिय खेलकूद परिषदद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या देवी भण्डारीले बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेललाई सम्मान प्रदान गरेकी हुन।
बैंकले खेल जगतको उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल प्रतियोगिता , सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता , सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता गर्दै आएको छ । नेपाली खेलाडीहरुको मनोवल बढाउने उदेश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांगलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदानगरी बैंकमा कर्मचारीको रूपमापनि नियुक्त गरेको छ ।
हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रू तिन लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो । हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिगमा चितवन टाइगर्स टोलीलाई रू दश लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी गराए ।