राष्ट्र बैंकको कारबाहीबाट बच्न नबिलले गर्यो यस्तो हर्कत, किन अत्तालिदैछ नबिल बैंक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 29, 2017 | 08:51:21 PM मा प्रकाशित

laxmi  sunrise bank


नबिल बैंकले कारबाहीबाट बच्न राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको छ। नेपाल टेलिकमले मंगलबार ब्याज बढाबढमा बैंकहरुलाई पैसा लिन बोलाउँदा नबिल बैंकले १३.०२ प्रतिशत ब्याज दर कबुलेर पैसा लियो। 

नबिलले सबै भन्दा बढी ब्याजदर कबुलेर पैसा उठाउँदै गर्दा कयौं प्रश्न उठेका छन। नबिल जस्तो बैंकले अचानक यति महँगो ब्याजदरमा बजारबाट पैसा किन उठायो भन्ने प्रश्न एकातर्फ छ भने अर्को तर्फ प्रकाशित ब्याज दर भन्दा २ प्रतिशत माथि गएर पैसा किन उठायो भन्ने छ।   

एनसेलको खाता रहेको नबिल बैंकबाट एनसेलको लाभांश बापतको रकम बाहिरिदा पर्ने असरलाई कम गर्न महँगो ब्याजदरमा बजारबाट पैसा उठाएको कुरा त स्पष्ट छ। 

तर नबिल बैंकले राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन – २०७४ मा ब्याजदर सम्बन्धी व्यवस्थामा उल्लेख गरिएको 'बोलकबोल (bid) को आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म ब्याजदर थप गरी निक्षेप संकलन गर्न सकिनेछ' भन्ने व्यवस्थाको 'मजाक' किन उडायो भन्ने चर्चा सुरु भएको छ। 

एका तर्फ बैंकले टेलिकमबाट महँगोमा पैसा उठाएको दिन नै अंग्रेजी भाषाको राष्ट्रिय स्तरको पत्रिका राइजिङ नेपालमा साढे ११ प्रतिशत ब्याज पुर्याएको सुचना प्रकाशित प्रकाशित गरेर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको छ। अर्को तर्फ उसले जारि गरेको सूचनामा संस्थागत लगानीकर्ताले १ बर्षका लागि १० करोड राख्दा साढे ११ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ। 

बिनोद चौधरी लगायतका ठुला उद्योग घरानाका संस्थागत निक्षेप होल्ड गरेको नबिलमा चौतर्फी दबाब भएकै कारण उसले महँगो ब्याजदरमा टेलिकमबाट पैसा उठाएको कदम बैंकका लागि ठिकै होला। तर राष्ट्र बैंकको प्राबधानलाई 'मजाक' बनाउने गरि संस्थागत लगानीकर्तालाई १० करोड निक्षेपमा साढे ११ प्रतिशत दिन्छु भनेर बिज्ञापन गर्नु राष्ट्र बैंकको कारबाहीबाट बचेर टेलिकमबाट महँगो ब्याजदरमा उठाउने योजना बाहेक अरु केहि नभएको स्पष्ट छ। 

किन अत्तालिदैछ नबिल बैंक ?

नबिल बैंकमा व्यक्तिगत भन्दा संस्थागत निक्षेप अत्यधिक छ। पुष मसान्तमा मात्रै ठुला लगानीकर्ताले बुझाउनु पर्ने राजश्व बापतको ठुलो रकम नबिल बैंकबाट बाहिरिदैछ। अर्को तर्फ सर्वोच्च अदालतले एनसेललाई लाभांश लैजाने बाटो खुला गरेसंगै नबिल बैंकमा रहेको एनसेलको पैसा जुनै बेला बाहिरिन सक्छ। 

अर्को तर्फ दोस्रो त्रैमासको वित्तीय विवरण सन्तुलित राख्न र निक्षेप बलियो देखाउन समेत नबिललाई चुनौती देखिएको छ। यसकारण पनि बैंक जति महँगो ब्याजदर तिरेर भएपनि थोरै अवधिका लागि बजारबाट पैसा उठाउन लागि परेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved