आँधिखोला लघुवित्त वित्तीय संस्थाका अध्यक्ष नरेस केसीले पद तथा गोपनियताको सफद ग्रहण गरेका छन। लघुवित्तका अध्यक्ष केसीले नेपाल राष्ट्र वैक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमबाट पद तथा गोपनियताको सफद ग्रहण गरेका हुन।
दश जिल्ला कार्यक्षेत्र रहने गरी राष्ट्र वैंकवाट २०७३, माघ १२ मा इजाजत प्राप्त गरि २०७३ फागुन १ बाट वित्तीय कारोबार सुरु गरेको आँधिखोला लघुवित्तले स्याङ्गजाको भिरकोट न.पा.–१ मा केन्द्रिय कार्यालय राखी लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
लघुवित्तको यहि माघ ११ गते सम्पन्न प्रथम बार्षिक साधारणसभाले सर्वसमत बाट र्निबिरोध रुपमा ५ जना संचालक समितिमा निर्वाचित गरेको थियो। जसमा अध्यक्षमा नरेश के.सी संचालकमा क्रमश दिपेन थापा, केहर सिह के.सी, दुर्गा दत्त भुषाल र कृष्ण प्रसाद पौडेल छन।
यस वित्तीय संस्थाले कारोवारको पहिलो वर्ष सम्ममा ८ जिल्लामा १४ वटा शाखा मार्फत करिव ७ हजार भन्दा वढि सदस्यहरुलाई सामुहिक जमानीमा २४ करोड भन्दा बढि कर्जा लगानी , ६ करोड बचत परिचालन गरेको छ। साथै चालु आर्थिक बर्षमा थप २ जिल्लामा कार्यक्रम विस्तार गर्दै संस्था मुनाफामा लगिने प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले वताए ।