लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट” मा १० प्रतिशत ब्याजदर दिनेभएको छ । “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकले न्यूनतम ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने र जम्मा भइसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ ।
लक्षित मुद्दती खाता खोल्ने ग्राहकले लक्ष्मी बैंकको भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिनेछ । लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाबाट यो खाता सहजै रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।