विद्युत नियमन आयोगको अध्यक्ष र ३ सदस्यको लागि दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 09:02:46 AM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र ३  सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आज वैशाख २६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

समितिले आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो।  समितिले १५ दिन अर्थात् २०८१ जेठ ९ गते  भित्र आवेदन दिन भनेको छ । अध्यक्ष र सदस्द्यको कार्यकाल ५ वर्षको हुने छ । 

अध्यक्ष पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (क) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ। त्यस्तै सदस्य पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५(१) (ख) बमोजिमको योग्यता हासिल गरेको र   दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ। 

समितिका अनुसार विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र कार्य अनुभव पुष्ट्याई हुने कागजात ), छुट्टै खाममा पेश गर्नुपर्नेछ । विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची- २ बमोजिमको स्वघोषणा गर्नुपर्नेछ । रणनीति तथा कार्ययोजनाको ३ प्रति छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नुपर्नेछ । रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने समितिले जनाएको छ ।

समितिका अनुसार आवेदन पेश गरेका उम्मेदवारहरु मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभव पूरा गरेका उम्मेदवारहरुको दरखास्त स्वीकृत गरिनेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरुले रणनीति र कार्ययोजनामा कम्तीमा पनि ५० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवारलाई मात्र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराइनेछ र उम्मेदवारहरुलाई कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रमको जानकारी पछि गराइनेछ । अध्यक्ष र सदस्य छनौट गर्दा कम्तीमा एकजना महिला सहित समावेशी आधारमा गरिनेछ ।

अध्यक्ष र सदस्यको हकमा कम्तीमा एकजना महिला सहित उम्मेदवारको शैक्षिक योग्यताको विषय विधा फरक हुनेगरी योग्यताक्रमका आधारमा छनौट तथा सिफारिस गरिने समितिले जनाएको छ । आवेदन गर्दा आफूले आवेदन दिन चाहेको आवेदन (अनुसूची १ बमोजिम) मा विशिष्टिकृत क्षेत्र (१ मात्र) अनिवार्य रुपमा खुलाउनु पर्नेछ। उम्मेदवार छनौट सम्बन्धी आधार मापदण्ड र प्रकृया सिफारिस समितिले तय गरेबमोजिम हुने समितिले उल्लेख गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved