नबिल बैंकको कार्ड घोटेर किनमेल गर्दा नगद फिर्ता, धेरै खर्च गर्नेलाई उपहारमा २७ लाखको कार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 11:11:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले आफ्ना भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि नगद फिर्ता योजना सहित बम्पर उपहार योजना ल्याएको छ। 'कार्ड बाट कार क्यास ब्याक लगातर' नामक यस योजना अन्तर्गत ग्राहकले नगद फिर्ता सहित उपहारमा हुन्डाईको कार प्राप्त गर्ने बैंकले जनाएको छ। 

यस योजनालाई बैंकले दुई भागमा विभाजन गरेको छ। नगद फिर्ता योजनामा सहभागी हुनका लागि बैंकका भिसाकार्ड वाहक (डेविट-क्रेडिट-प्रिपेड) ग्राहकले नेपाल भित्रका पीओएस तथा इ कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात एक सय रुपैयाँ नगद फिर्ता पाउनेछन। नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तीमा ५०० रुपैयाँ वा सो भन्दा बढीको हुनुपर्नेछ। 

त्यस्तै योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर योजना अन्तर्गतको हुन्डाई ग्राण्ड आई टेन उपहारमा प्रदान गरिने बैंकले जनाएको छ।यो योजना चैत २० देखि सुरु भई तीन महिना अर्थात २०७५ असार १९ सम्म कायम रहनेछ।  

नगद फिर्तामा लाग्ने कर आवश्यक कर बैंक स्वयंमले ब्यहोर्ने छ भने बम्पर उपहारका लागि लाग्ने आवश्यक सम्पूर्ण कर बिजेता स्वयंले नै ब्यहोर्नु पर्ने बैंकले जनाएको छ। तर योजना अवधिमा यदि ग्राहकले आफ्नो कार्ड बन्द वा परिवर्तन गराएमा बम्पर उपहार योजनामा उक्त कार्डलाई सहभागी नगराइने बैंकले जनाएको छ। बम्पर उपहारको (कारको) सट्टामा नगदै भुक्तानी गर्ने ब्यवस्था गरिएको छैन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved