सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमल निम्न माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरेक वर्ष आफ्नो बार्षिक उत्सवको अवसरमा विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएको बैंकले उक्त “योर पार्टनर फर प्रोग्रेस” भन्ने नाराका साथ विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका प्राचार्य एम बि खड्कालाई चेक हस्तान्तरण गरे । सिईओ भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु आवश्यक रहेको भन्दै सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम चलाउने बैंकले जनाएको छ ।