प्रभु बैंक लिमिटेडले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा गरी २ वटा शाखा एकैसाथ सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार महतो र कपिलबस्तु जिल्लाको विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले उद्घाटन गरे ।