मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि iDE Nepal संग सहकार्य गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र iDE Nepal को तर्फबाट Country Director Dr. Luke Colavito ले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम iDE Nepal ले सो क्षेत्रका किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र मुक्तिनाथ विकास बैंकले कृषि सम्बन्धी लघु कर्जा प्रदान गर्ने छ ।