लुम्बिनी विकास बैंक लि. को संचालक समितिका नवनियुक्त अध्यक्ष अशोक राज पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष उनले आइतबार शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण समारोहमा राष्ट्र बैंकका विशिष्ट कर्मचारी तथा लुम्बिनी बैंकका संचालक समितीका सदस्यहरुको सहभागीता थियो ।