ज्योति विकास बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा ज्योति बैंकका तर्फबाट सञ्चालक विभाग प्रमुख वलदेव थापा र सानिमा बैंकको तर्फबाट प्रवन्धक सरोज गुरागाईँले हस्ताक्षर गरे ।
ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा मार्फत अब सानिमा बैंकका सबै शाखाहरुबाट रकम भूक्तानी गर्न सकिने भएको छ ।